५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला



अ+ अ-

काठमाडौं। सशस्त्र प्रहरी बलकी निरीक्षक (इन्स्पेक्टर) झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

पोखरामा तालिम गरिरहेकी सिन्धुपाल्चोककी २८ वर्षीया सन्तोषी महत मृत भेटिएकी हुन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको हो।

तीन महिना अघि  इन्स्पेक्टरमा निकालेकी उनी तालिम गर्न पोखरा पुगेकी थिइन् । शनिवार राति ९ बजे  ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।

जवानमै हुँदा २०७८ सालमा असईमा नाम निकालेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्।