९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर



अ+ अ-

काठमाडौं। नेपाली सेनाले करिब १० वर्षको अवधिमा १६ लाख १८ हजारभन्दा बढीको सङ्ख्यामा वृक्षरोपण गरेको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म उक्त सङ्ख्यामा वृक्षरोपण सम्पन्न भएको सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय पुँजी र अर्थतन्त्रको विकास गर्न प्रकृतिको संरक्षण र संवर्द्धनसहित पर्यटन उद्योग एक महत्वपूर्ण क्षेत्रका रूपमा लिने गरिएको छ । सोही कार्यक्रमअन्तर्गत हालसम्म चुरे क्षेत्रमा रहेका २० वटा तालतलैयाको संरक्षण र पुनः निर्माण गरिएको छ ।

मुलुकका १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा/एउटा वन्यजन्तु आरक्ष र सिकार आरक्षसहित चुरे क्षेत्र संरक्षण गर्न नेपाली सेनाका आठ गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्ममा गरी नौ हजार ४६ जना जनशक्ति परिचालित रहेको युद्धकार्य निर्देशक रवीन्द्र खत्रीले जानकारी दिए।

नेपाली सेनाले चार दशकदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष सुरक्षाको जिम्मेवारी लिएपछि लोपोन्मुख वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिइयो । यसै सन्दर्भमा सन् २००९ मा नेपालमा एक सय २१ बाघ रहेकामा हाल त्यो सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ ।

यस्तै, सन् २००५ मा चार सयको सङ्ख्यामा रहेका लोपोन्मुख एकसिङ्गे गैँडाको सङ्ख्या ७५२ भन्दा बढी रहेको जानकारी दिइयो । रासस