१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही

तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधनः वनमन्त्री शाही
अ अ+ अ-
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको प्रमुख कारणका रूपमा रहेका हाइड्रोफ्लोरो कार्बन जस्ता रसायनको प्रयोग नियन्त्रण गर्न ‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली’ संशोधन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले उक्त प्रस्तावलाई यथाशक्य चाँडो अनुमोदन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले ओजोन तहको रक्षा र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अति आवश्यक रहेको ओजोन तह नष्ट गर्ने पदार्थसम्बन्धी मोन्ट्रियल प्रोटोकलको किगाली संशोधन कार्यान्वयनका लागि तयार पारिएको उक्त प्रस्ताव प्रस्तुत गर्नुपरेको जानकारी गराउनुभयो ।
“ओजन तहको संरक्षणका लागि व्यवस्था भएको भियाना महासन्धि र यसै महासन्धिको अधीनमा रही ओजोन तह नष्ट गर्ने रसायन÷पदार्थको उत्पादन एवं खपत कम गर्न र ओजोन तहको विनाश घटाउन तयार भएको हो”, मन्त्री ठकुरीले भन्नुभयो, “ओजोन तह नष्ट गर्ने पदार्थसम्बन्धी मोन्ट्रियल प्रोटोकलमा नेपालले अनुमोदन गरी सन् १९९४ जुलाई ६ देखि पक्ष राष्ट्र भइसकेको छ ।”
यसैगरी, मोन्ट्रियल प्रोटोकलमा विभिन्न समयमा गरिएका चारवटा संशोधनहरू (लन्डन, कोपन्हेगन, मोन्ट्रियल र बेइजिङ संशोधन) लाई समेत नेपालले अनुमोदन गरिसकेको उहाँले जानकारी गराउनुभयो । यस्तै, सन् २०१६ मा रुवान्डाको किगालीमा सम्पन्न मोन्ट्रियल प्रोटोकलका पक्षराष्ट्रहरूको २८औँ बैठकले किगाली संशोधन पारित गरेको थियो ।
मोन्ट्रियल प्रोटोकलका २० भन्दा बढी राष्ट्रले अनुमोदन गरेपश्चात् विसं २०७५ पुस १७ गतेदेखि किगाली संशोधन कार्यान्वयनमा आइसकेको छ । हालसम्ममा एक सय ६३ राष्ट्रले किगाली संशोधन अनुमोदन गरिसकेका छन् । यस संशोधनले ओजोन तहलाई प्रत्यक्ष असर नगर्ने तर विश्व तापमान वृद्धिको प्रमुख कारणमध्ये एक रहेका हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट मिश्रणको प्रयोगलाई नियन्त्रण गर्ने लक्ष्य राखेको मन्त्री शाहीले बताउनुभयो । यसले  तिनको उत्पादन र खपतलाई क्रमशः न्यूनीकरण गरी वातावरणीय सन्तुलन कायम गर्न नेपाल सरकारद्वारा लिइने नीति तथा रणनीति तय गर्नेछ ।
बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसअघि उहाँले ‘मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, चन्दा कार्की भण्डारी, नागिना यादव, ध्रुवबहादुर प्रधान, विमला सुवेदी, माधव सापकोटा, विनिता कठायत, नारायणी शर्मा, हेमराज राई, सराजअहमद फारुकी, एकनाथ ढकाल र अब्दुल खाँनले भाग लिनुभएको थियो ।
यसैगरी, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, २०७९÷०८० पेस गर्नुभएको थियो । गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाट विसं २०७० मा काभ्रेबाट संविधानसभा सदस्यमा निर्वाचित हाल नेकपा ९एकीकृत समाजवादी०मा आबद्ध विदुरप्रसाद सापकोटाको ५९ वर्षको उमेरमा यही फागुन ८ गते भएको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १२ गते १ बजे बस्नेछ ।