९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारले कानूनी मान्यता दिनु हुँदैनः काँग्रेस सांसद कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रमा कोईरालाले गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारले कानूनी मान्यता दिन नहुने बताउनुभएको छ ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीहरुलाई समेत आवश्यक कारबाही गरिनुपर्ने बताउनु भयो । तत्कालिन काँग्रेसको सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सहजताका लागि भन्दै फ्रि भिसा फ्रि टिकेटको व्यवस्था गरेको भएपनि अहिले कार्यान्वयनमा आउन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘फ्रि भिसा, फ्रि टिकेटको प्रावधान नेपाली काँग्रेसको सरकार हुँदा नै सुरु भएको हो । त्यो श्रमिकहरुको लागि राम्रो पक्ष थियो । तर अहिले वैदेशिक रोजगार व्यवसायीहरुले त्यसलाई लागु गर्न सक्दैनौं भनेर अस्विकार गर्नुभयो । जुन उद्देश्यबाट त्यो ल्याइएको थियो त्यो श्रमिकको हितमा थियो । तर त्यसलाई पुर्ण रुपमा कार्यान्वयन गर्न सकेको अवस्था छैन ।

अहिले भिजिट भिसाको नाममा नेपालबाट इलिगल रुपमा पठाउने कामहरु समेत भइरहेका छन् । त्यसरि गएकाहरुलाई पनि सरकारले लिगल लाइसेन्स दिन लागेको कि भन्ने मेरो चासो हो । त्यो लिगल लाइसेन्स चाँही दिनु हुदैन ।

यसरि भिजिट भिसाको नाममा इलिगल बाटोबाट पठाउने वैदेशिक रोजगार कम्पनीहरुलाई कारबाही पनि गरिनुपर्छ ।’

उहाँले सरकारले वैदेशिक रोजगारीको नाममा गैरकानूनी रुपमा गएकाहरुलाई कानूनी मान्यता दिए वैदेशिक अपराध बढ्ने भन्दै त्यस्तो गर्न नहुने बताउनु भयो ।