२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तीय प्रभाव पर्दैनः मन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तिय प्रभाव नपर्ने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले किंगलीले नविकरणीय उर्जा कम गर्न वातावरणीय चिस्यान तथा रेफ्रिजेरेशन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको बताउनु भयो । किंगाली संशोधनले हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट वस्तुलाई चरणवद्ध रुपमा घटाई सन् २०४५ सम्ममा हालको प्रयोगको ८० प्रतिशत खपत कम गर्ने उहाँको भनाइ छ । उहाँले संशोधित प्रोटोकलमा हाइड्रोफ्लोरो कार्बनका १८ वटा समूहलाई नियन्त्रित पदार्थको रुपमा समावेश गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस संशोधनले हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट वस्तुलाई चरणवद्ध रुपमा घटाई सन् २०४५ सम्ममा हालको प्रयोगको ८० प्रतिशत खपत कम गर्ने, नविकरणीय उर्जा कम गर्न वातावरणीय चिस्यान तथा रेफ्रिजेरेशन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने, किंगाली संशोधनलाई नेपालमा प्रभावकारी रुपमा कार्यान्वयन गरि अन्तरराष्ट्रिय सहमतिहरुको पालना सुनिश्चित गर्ने यसका लक्ष्यहरु रहेका छन् । संशोधन अनुमोदन गर्दा हामीमा कुनैपनि वित्तिय प्रभाव पर्ने अवस्था छैन । यसको बेसलाइन तयारी पनि भइरहेको छ । वातावरण संरक्षण ऐन र नियमावलीअन्तर्गत यसको काम अन्तिम चरणमा पुगेको छ ।’

उहाँले संशोधित प्रोटोकल कार्यान्वयनको लागि वन संरक्षण ऐन र नियमावलीमा काम भइरहेको समेत बताउनु भयो । यसअघि किंगाली संशोधनमाथिको छलफलमा सहभागि हुँदै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सम्झौता गरिएका विषयमा कस्तो पूर्वतयारी भएको छ? भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले किंगाली संशोधनका लागि नीतिगत सुधार र पूर्वतयारी नगरिए किसानहरुले किन्ने घरायसी सामानको मूल्य आकासिने जिकिर गर्नुभयो । उहाँले हेर्दा सामान्य लागेपनि आम नागरिकको जीवनस्तरसँग जोडिएको कुरामा सोच्न जरुरी रहेको बताउनु भयो ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले नेपालले हरितगृह ग्याँस उत्पादनमा न्युन योगदान पु¥याएको भएपनि वातावरणीय तथा जलवायु परिवर्तनका असरहरुबाट उत्तिकै मारमा रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको दृष्टिकोणबाट नेपल चौथो जोखिमयुक्त राष्ट्र भएको बताउनु भयो । उहाँले वातावरण जोाइदिएकोमा विदेशबाट सहयोग दिने रणनीति समेत कानूनमा राख्नुपर्ने बताउनु भयो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरु मोन्ट्रियल प्रोटोकल किंगाली संशोधन अनुमोदन गर्दा नेपाललाई वित्तीय प्रभाव पर्न नदिने गरि अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् ।