२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सामाजिक सुरक्षा प्रणालीको दीर्घकालीन चुनौती: सुधारको आवश्यकता

सामाजिक सुरक्षा प्रणालीको दीर्घकालीन चुनौती: सुधारको आवश्यकता
अ अ+ अ-

काठमाडौं : नेपालमा सामाजिक सुरक्षा प्रणाली हाल नगद हस्तान्तरणमा केन्द्रित छ, जसले दीर्घकालीन रूपमा आर्थिक व्यवस्थापनमा चुनौती उत्पन्न गर्न सक्छ।

यदि यसलाई समयमै योगदानमा आधारित योजनामा रूपान्तरण गर्न सकिएन भने, आगामी २० वर्षमा देशको अर्थतन्त्रले यसको भार थेग्न कठिन हुनेछ। चालु बजेटको १५% हिस्सा सामाजिक भत्ता वितरणमा खर्च भइरहेको छ, जसले युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्नुभन्दा विदेशिन बाध्य बनाइरहेको छ। यसलाई ध्यानमा राख्दै, गम्भीर समीक्षा आवश्यक छ।

सामाजिक सुरक्षा सुधार आवश्यक

नेपालका लाखौं युवा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको अभावका कारण विदेशिन बाध्य छन्। यदि २०७४ सालमा पारित योगदानमा आधारित सामाजिक सुरक्षा ऐन प्रभावकारी रूपमा कार्यान्वयन भएको भए, धेरै युवाले स्वदेशमै सुरक्षित भविष्यको प्रत्याभूति पाउने थिए। तर, कार्यान्वयनमा कमजोरीका कारण प्रत्येक वर्ष आन्तरिक पूँजी परिचालन गर्ने अवसर गुमिरहेको छ।

सामाजिक सुरक्षा प्रणाली सबल भएमा कर्मचारी तथा श्रमिकहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्, जसले राष्ट्रकै दीर्घकालीन हितमा योगदान पुर्‍याउनेछ। आन्तरिक पूँजी परिचालन हुँदा युवाहरूलाई स्वदेशमै अवसर प्राप्त हुनेछ, आर्थिक वृद्धिमा टेवा पुग्नेछ, तथा श्रमिक वर्गको जीवनस्तर सुधार हुनेछ। न्यूनतम पारिश्रमिकको प्रत्याभूति भएमा बेरोजगारी दरसमेत नियन्त्रणमा आउनेछ।

सामाजिक सुरक्षा कोषको भूमिका र आवश्यकता

नेपालमा सामाजिक सुरक्षा कोष मुलुकको समृद्धि निर्माणको प्रमुख आधार बन्न सक्छ। हाल कोषले २०७६ सालदेखि १० लाखसम्मको औषधि उपचार सुविधा, IPD उपचारका लागि ५०% राहत, र सहयोगदानमा ५ लाखसम्मको सेवा प्रदान गरिरहेको छ। १०१ वटा अस्पतालमा अनलाइन प्रणालीमार्फत सेवा प्रदान गरिँदै आएको छ, जसले स्वास्थ्य सेवालाई व्यवस्थित बनाएको छ।

तर, सरकारका आफ्नै कर्मचारीसमेत सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको तथ्य दुःखद छ। अब सरकारी कर्मचारी र शिक्षकहरूलाई अनिवार्य रूपमा कोषमा समावेश गर्नुपर्छ। साथै, अन्य संस्थाहरूका लागि पनि अनिवार्य सदस्यता वा नवीकरण प्रक्रियामा कोषको आबद्धता सुनिश्चित गर्न नीति अपनाइनु जरुरी छ।

अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा आवश्यक सुधार

अन्य मुलुकहरूले सामाजिक सुरक्षालाई दिगो बनाउन कठोर निर्णय लिएका छन्। उदाहरणका लागि, फ्रान्सले व्यापक विरोधका बाबजुद निवृत्तिभरण (pensionable age) उमेर ६२ बाट ६४ पुर्‍यायो, ब्राजिलले पुरुषका लागि ५६ बाट ६५ र महिलाका लागि ५३ बाट ६२ पुर्‍यायो। नेपालमा हाल ६० वर्षको निवृत्तिभरण उमेर लागू गरिएको छ, जसलाई दृढताका साथ कार्यान्वयन गर्नु आवश्यक छ। नेपालको श्रम बजारलाई न्यायोचित, सन्तुलित, र दिगो बनाउन दीर्घकालीन सोचका साथ सरकार तथा संसद्ले ठोस निर्णय लिनु अपरिहार्य छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रतिनिधिशभाको बैठकमा राख्नु भएको धारणाको अंश

तस्बिरः गोपाल दाहाल/रासस