२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसद कार्कीको प्रश्तावः ३५ वर्ष यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गरौँ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्कीले ३५ वर्षयताका भ्रष्टाचारका काण्डहरुको छानविन गरि मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताउनुभएको हो । उहाँले देशले एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो । सरकारसँग विप्द व्यवस्थापनको लागि ठोस योजना नभएको आरोप लगाउनु भयो । उहाँले सरकारले रामराज्य देखावा नगरी कमसेकम पासमार्क आउने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकको विकासका लागि राजनीतिक संस्कार सुधार्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशले आज एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरु सहिरहेको छ । ट्रान्सपेरन्सी इन्टरनेसनलले नेपाल झन भ्रष्टाचारी मुलुक भनि देखाएको छ । हाम्रा कर्णधारहरु असुरक्षित छन् । प्रकृति लम्साललाई मर्न वाध्य बनाइयो । स्वदेशमै पनि विद्यार्थीहरु आत्महत्या गरिरहेका छन् । विपद् व्यवस्थापनमा ठोस योजना छैन । उद्धारका लागि चाहिने सेनका हेलिकेप्टरहरुको अवस्थाको बारेमा बोलिँदैन । तसर्थ अब सरकारले रामराज्यको देखावा नगरी कमसेकम पासमार्क ल्याउने गरी काम गरोस् । हाम्रो राजनीतिक संस्कार सुधारौं । साशकीय स्वरुपको पुनरावलोकन गरौं । र एउटा स्वतन्त्र न्यायिक आयोगको गठन गरि ३५ वर्ष यताका सम्पुर्ण भ्रष्टाचारका काण्डहरुको अनुसन्धान गरि देशमा सुशासन कायम गरौं ।’

उहाँले अन्तर्राष्ट्रिय सहयोग नभनेर ठगीको आरोप लागेर ३९ मिलियन अमेरिकी डलर बराबरको युएस एड रोकिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।