२० भाद्र २०८३, शनिबार
,
Latest
मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको आरोपः सरकारको अकर्मण्यता र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल ग्रे लिस्टमा पर्यो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको आरोप लगाउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सापकोटाले सरकारको अकर्मण्यता, वित्तिय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेकोप्रति खेद र निन्दा व्यक्त गर्नुभयो । उहाँले यस घटनाले सरकार सुशासनको पक्षमा नभएको र असफल भएको संकेतका रुपमा लिएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो घटनाक्रमले सरकार सुशासनका पषमा छैन र सरकार सम्पुर्ण रुपमा असफल भएको संकेतको रुपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रुपमा आफ्नो मार्ग प्रसस्त गर्नुपर्छ भनेर म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । ’

उहाँले यस घटनाले सिंगो देशको मान र इज्जत नरहेको कारण संसदले गम्भिरताका साथ लिनुपर्ने बताउनु भयो ।