२३ मंसिर २०८२, मंगलवार
,
Latest
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना न्यायलयको निर्णयले राहत महसुस भएको छ: निर्देशक शाक्य ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संसदको झ्याल,ढोका बन्द गरेर अर्को गिरिबन्धुको लागि अध्यादेश ल्यायोः सांसद सुवेदी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले संसदमाथि सरकार हाबी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको बताउनु भयो । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको उहाँको आरोप छ । सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अध्यादेशलाई अस्त्र बनाएको बताउनु भयो । सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाइ बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संसदमाथि सरकार हाबी भइरहेको छ । सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको छ । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको छ । सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अस्त्र बनायो अध्यादेशलाई । सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाएर बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चाल्यो ।’

उहाँले लोकतन्त्र विधिको शासन भएकाले कानून संसदले बनाउने र कार्यान्वयन सरकारले गर्ने भएपनि सरकारले नै कानून बनाउन थालेको बताउनु भयो । सरकारले कानून बनाए संसदले के काम गर्ने रु भन्दै प्रश्न गर्नुभयो । अध्यादेशहरु भूमाफिया, विचौलियाहरुको पक्षमा रहेको बताउनु भाये । भूमि सम्बन्धी अध्यादेश अर्को कुनै गिरिबन्धुको लागि आएको हुनसक्ने आरोप लगाउनु भयो ।