१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पूर्वराजाको अभिव्यक्तिलाई लिएर वर्तमान व्यवस्था ठिक छैन भन्दै डंका पिटियोः काँग्रेस सांसद न्यौपाने

पूर्वराजाको अभिव्यक्तिलाई लिएर वर्तमान व्यवस्था ठिक छैन भन्दै डंका पिटियोः काँग्रेस सांसद न्यौपाने
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरु नै समाजमा अराजकता फैलाइरहेको बताउनुभएको हो । उहाँले पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा वर्तमान व्यवस्था नै ठिक छैन भनेर डंका पिटिएको टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रमा बोल्न पाइने भएपनि समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै पक्ष र विपक्षमा मतहरु छताछुल्ल भए । यो व्यवस्था नै ठिक छैन भन्ने डंका पनि पिटिए । जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा उठाए बिडम्बना उनैले संविधानको भावना विपरित लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको देख्दा २०६२÷०६३ को जन आन्दोलन र गणतन्त्रको लागि मर्न तयार त्यो जनसागर झलझली सम्झिरहेको छु । लोकतन्त्रमा बोल्न मज्जाले पाइन्छ सभामुख महोदय तर अराजक र समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि छैन ।’

उहाँले लोकतन्त्रमा लोकतन्त्र कसैको कृपाले नभई नेपाली जनताको शक्ति हासिल गरेको बताउनु भयो । व्यक्तिले गरेको गल्तिलाई सुधार गर्दै लैजान सकिने भएपनि व्यवस्थामाथिको प्रहार कुनैपनि बहानामा स्वीकार्न नसकिने बताउनु भयो ।