२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

पिप्ले–भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा

पिप्ले–भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा
अ अ+ अ-

म्याग्दी। रघुगङ्गा गाउँपालिका–२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले–भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

आर्थिक वर्ष २०७३र ७४ देखि सङ्घीय सरकारको वार्षिक कार्यक्रम मा समावेश हुन थालेको यस योजनालाई खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आव २०८१÷८२ मा बहुवर्षीय ठेक्का लगाउन स्रोत सहमति दिएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।

सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले चालु आवमा रु ५० लाख बजेट विनियोजन भएको बृहत् पिप्ले–भगवती खानेपानी योजनाका लागि अर्थ मन्त्रालयले रु १० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाउन सहमति दिएको जानकारी दिए ।

“म्याग्दीको बहुप्रतिक्षित पिप्ले–भगवती खानेपानी आयोजनालाई अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्का आह्वानको तयारी गरेको छ”, उनले भने, “गत वर्ष रु ३७ करोडको स्रोत सुनिश्चतता भएपछि पिप्ले–भगवतीसँगै वार्षिक कार्यक्रममा समावेश हँुदै आएको बेनी नगरपालिकाको चार र रघुगङ्गा गाउँपालिकाको दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुने बृहत् घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता भई काम सुरु भएको छ ।”

पछिल्लोपटक सन् २०२२ मा भएको सर्वेक्षणअनुसार रु ३७ करोड ३७ लाख लागत अनुमान गरिएको पिप्ले–भगवती खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बहुवर्षीय ठेक्का आह्वान गर्न अर्थ मन्त्रालयले स्रोत सहमति नदिँदा कार्यान्वयन हुनसकेको थिएन ।

चारवटा प्याकेजमा विभाजन गरेर यस वर्ष रु दश करोड बजेट बराबरको काम गर्न ठेक्का आह्वानका लागि प्रक्रिया अघि बढाएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताए । बाँकी तीनवटा प्याकेजको ठेक्का लगाउन आगामी वर्ष बजेट व्यवस्थापनका लागि जनप्रतिनिधि र खानेपानी विभागमार्फत प्रस्ताव गरिने उनले बताए ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइप लाइन रहने प्रस्ताव गरिएको छ । योजनामार्फत दुई हजार चार सय १६ घरपरिवार लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए ।

सङ्घीय सरकारको ९० र उपभोक्ताको दश प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो । उपभोक्ताको तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने रु १० लाख बजेटको व्यवस्था गरेर खातामा जम्मा गरिसकेको रघुगङ्गा गाउँपालिका–२ भगवतीका वडाध्यक्ष अमृत भण्डारीले बताए ।

पिप्ले र भगवती म्याग्दीको बढी जनघनत्व भएको बस्ती हुन् । पुराना खानेपानीको मुहान सुक्दै जाने र उपभोक्ताको सङ्ख्या बढ्दा खानेपानीको समस्या छ । चिमखोलाबाट ल्याएको पानीलाई अहिले भएका ट्याङ्की र पाइप लाइनमार्फत घरघरका धारामा वितरणको व्यवस्था मिलाइने वडाध्यक्ष भण्डारीले बताए । रासस