२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना



अ+ अ-

कञ्चनपुर। आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम अभ्यासमा खाना पकाउने ग्यासबाट हुने आगलागी, वन डढेलो र घरमा आगाली भए कुन तरिकाबाट नियन्त्रण गर्ने भन्नेबारे समुदायको सहभागितामा नमूना अभ्यास गरिएको हो ।

“गर्मी बढदै जान थालेपछि आगलागीका घटनामा निकै वृद्धि भइरहेको छ”, नगरपालिकाको विपद् शाखाका प्रमुख कृष्णप्रसाद भट्टले भने, “आगलागीका घटना भएमा कुन तरिकाबाट नियन्त्रण गर्ने, कुन निकायमा खबर गर्ने भन्नेबारे कृत्रिम नमूना अभ्यास गरेर देखाइएको छ ।”

अगालगीबाट हुने मानवीय, पशु चौपाया, धनसम्पत्ति, महत्त्वपूर्ण कागजपत्र, काठपात, अन्न, लुगाफाटोलगायतका क्षति न्यूनीकरण गर्न यस कार्यले सघाउ पुर्याउने उनले बताए।

कार्यक्रममा आगलागी हुँदा प्रहरीलाई खबर गर्ने, दमकलका लागि नगरपालिकाको विपद् शाखामा खबर गर्ने, घटनास्थलमा पुगेर सुरक्षा निकाय, स्थानीय समुदायले मिलेर आगलागी नियन्त्रण गर्ने, घाइते भए घटनास्थलमै प्राथमिक उपचार गरी एम्बुलेन्समार्फत अस्पताल पुर्याउने, प्रहरीले क्षतिको मुचुल्का तयार गर्नेलगायत कार्य नमूना अभ्यास गरेर देखाइएको थियो ।

खाना पकाउने ग्यास चुहावट भएर आगलागी भए ग्यास सिलिण्डर बन्द कसरी गर्ने भन्नेबारे समुदायलाई नमूना अभ्यास गरेर देखाइएको विपद् शाखा प्रमुख भट्टले बताए।

उनका अनुसार आगलागी हुन नदिनका लागि कस्तो किसिमको सावधानी अपनाउने, आगलागी भइहालेमा आफैँ कसरी नियन्त्रणको प्रयास गर्ने र कुन–कुन निकायमा को–कोसँग सम्पर्क राख्ने, सम्पर्क राख्न कति नम्बरमा फोन गर्ने भन्ने कुरा पनि समुदायलाई जानकारी गराइएको छ ।

वन क्षेत्रमा प्राकृतिक र मानवीय रूपमा लाग्ने डढेलो लाग्नै नदिनका लागि अपनाउनुपर्ने सावधानीसँगै डढेलो लागिहाले कुन तरिकाले नियन्त्रण गर्ने भन्नेबारे कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा सहभागी वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले आगलागी नियन्त्रणसम्बन्धी नमूना अभ्यासबाट आगलागी नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानीबारे जानकारी पाएपछि सचेत बनेको बताए।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, नगरपालिकाका विपद् शाखका कर्मचारी, सामुदायिक वनका पदाधिकारी र स्थानीय समुदायको सहभागिता थियो । रासस