५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाले चेल्सीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ । गएराति भएको खेलमा एस्टन भिल्लाले चेल्सीलाई २–१ गोलले हराएको हो ।

घरेलु टोलिको जितमा दुबै गोल मार्को एसेन्सिओले गरे । खेलको नवौं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा भिल्लाले दुई गोल फर्कायो ।

एसेन्सिओले ५७ औं र ८९ औं मिनेटमा गोल गर्दै टोलिलाई जित दिलाए । यो नतिजापछि चेल्सी २६ खेलबाट ४३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने भिल्ला २७ खेलबाट ४२ अंकका साथ सातौं स्थानमा छ ।