२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
अ अ+ अ-

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गते सम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ ।

बुकवर्म फाउन्डेसन द्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकार लगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ ।

पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन फागुन ३ गते मात्र पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको थियो । करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भएको घोषणालाई सार्थक बनाउन पनि पोखराले कुनै न कुनै गतिविधि गरेर पर्यटकलाई भित्र्याउनुपर्ने अवस्थामा यो महोत्सवले पनि पर्यटन प्रवर्द्धनमा थप भुमिका खेल्ने विश्वास व्यवसायीको छ ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवं पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले नेपाल साहित्यक महोत्सवको १२औँ संस्करणले पोखरालाई थप पर्यटकमयी बनाउने विश्वास व्यक्त गरे । “यस महोत्सवले साहित्य, संस्कृति र पर्यटनको संयोजनबाट पोखराको पहिचान विश्वभर फैलाउने र स्थानीय अर्थतन्त्रलाई मजबुत पार्न महत्त्वपूर्ण भूमिका खेल्ने छ”, उनले भने, “पोखराको प्राकृतिक सुन्दरता र सांस्कृतिक विरासतलाई पनि विश्वमा चिनाउँदै पर्यटन क्षेत्रलाई ज्ञान र सृजनात्मक यात्रासँग जोडेर थप ऊर्जाशील हुने यो राम्रो अवसर हो ।” उनले फेवा किनारमा हुने विचारमन्थनले राजनीति, विभिन्न जात, धर्म, भाषाभाषीको पहिचान र कला संंस्कृतिका बारेमा विषय उठान नयाँ र अग्रज पुस्ताबीचको समन्वयात्मक भूमिका पनि महोत्सवले खेल्ने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्ट नै इभेन्टको शहर भएको जनाउँदै लिटरेचर फेस्टिभलले पोखराको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “पोखरामा केही न केही गतिविधि भइराख्छ, यसले पोखराको सांस्कृतिक धरोहर र साहित्यिक परम्परालाई विश्वभर चिनाउने मौका दिन्छ, जसले पर्यटकलाई नेपाली साहित्य र संस्कृति बुझ्न आकर्षित गर्छ ।”

उनले पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन पनि यो एउटा कोशेढुङ्गा सावित हुने बताए । “पोखरा आउने विदेशी प्रख्यात लेखक, साहित्यकारको पोखराका बारेमा एक–दुई शब्दले पनि पोखराको प्रचारलाई टेवा पुग्छ, सँगै विदेशी साहित्यिक अनुरागीलाई पनि नेपाल घुम्ने बहाना यो महोत्सवले दिलाउने छ”, उनले भने । योसँगै पोखरामा आउने पर्यटकले होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवामा खर्च गर्छन्, जसले स्थानीय व्यवसायलाई फाइदा पुग्ने र अर्थतन्त्र चलायमान हुने उनको भनाइ छ ।

पोखरा महानगरपालिका पर्यटन तथा शहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले पोखरा पर्यटन वर्ष घोषणा भइसकेको जनाउँदै अब १२औँ संस्करणले साहित्यिक महोत्सवले पोखरालाई थप गतिशील बनाउने विश्वास व्यक्त गर्नुभयो । उनले भने, “पोखरा आफैँमा ‘चलायमान’ हो, एकपछि अर्को खेलकुद कला, साहित्यका महोत्सवले यहाँको पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिएका छौँ ।” उनले पोखरालाई केवल प्राकृतिक सौन्दर्यको केन्द्रमात्र नभई, विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिको प्रमुख थलोका रूपमा स्थापित गर्ने लक्ष्य महानगरको भएको र यस्ता महोत्सवलाई प्रवर्द्धन गरिरहेको जानकारी दिए । “साहित्य, कला, संस्कृति र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने लिटरेचर फेस्टिभल पनि पोखरा पर्यटन वर्षको अभिन्न अङ्गका रूपमा लिएका छौँ ।” उनका अनुसार यस्ता महोत्सवले पोखराको मौलिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्न मद्दत गर्नेछन् । पोखरा भ्रमण वर्षलाई प्रभावकारी रूपमा अघि बढाउँदै अन्तरराष्ट्रिय तथा स्वदेशी पर्यटक आकर्षित गर्न महानगरपालिकाले विभिन्न रणनीतिक योजना अघि सारेको जानकारी दिए ।

महोत्सवका सदस्य एवम पत्रकार भरत कोइरालले साहित्यसँग सम्बन्धित कार्यक्रमको आयोजना गर्दा पोखरा साहित्यिक पर्यटकको गन्तव्य बन्न थप मद्दत पुग्ने बताए । “लेखक र पाठकको अन्तरक्रिया, पुस्तक विमोचन र साहित्यिक चर्चाहरूले पोखरालाई साहित्यिक पर्यटनको केन्द्र बनाउने सम्भावना बढाउँछ”, उनले भने, “यसले पोखराको अन्तरराष्ट्रिय प्रतिष्ठा बढाउँछ र पर्यटन प्रवर्द्धनमा मद्दत पुर्‍याउँछ । साथै, लिटरेचर फेष्टिभलले साहित्य र कलाको माध्यमबाट सामाजिक, राजनीतिक, र सांस्कृतिक सन्देशहरू फैलाउने अवसर प्रदान गर्दछ ।” उनले यस्ता गतिविधिले पर्यटकलाई पोखरामा लामो समयसम्म बस्न प्रेरित गर्ने र पोखराको पर्यटनलाई समृद्ध बनाउन भूमिका खेल्ने बताए ।

कार्यकारी निर्देशक नीरज भारीका अनुसार यस वर्षको फेस्टिभलमा दुई सयभन्दा बढी साहित्यकार, कलाकार, पत्रकार र नेताको उपस्थिति रहने छ । फेस्टिभलमा ५० भन्दा बढी सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र रचनात्मक गतिविधि समावेश गरिने छन् । नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता, ‘लिच एण्ड अदर स्टोरीज’ माथि उनी र भूषिता वशिष्ठबीच संवादसँगै प्राध्यापक महेन्द्र पी लामाको विद्वत प्रवचन, मनिषा कोइरालासँगको संवाददेखि राजेश हमालको पुस्तक लोकार्पणसम्मका चर्चित सत्र समावेश हुनेछन् । छ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रम सिंहसम्मको पुस्तकको चर्चाजस्ता साहित्य र समाजका विभिन्न पाटोहरूमा बहस विचारविमर्श हुनेछन् ।

निर्देशक अजित बरालले इभेन्टहरूको सहर पोखरामा लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनले भने, “नेपाल लिटरेचर फेस्टिभलले पोखराको सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ, यसको प्रभावले पोखरा लगायत अन्य शहरहरूमा पनि साहित्यिक गतिविधिको महत्व बढ्दै गएको साथै, साहित्य र पर्यटनबीच सँगसँगैको विकासले पोखरालाई अन्तरराष्ट्रियस्तरमा नयाँ पहिचान दिँदै गएको छ ।” उनले महोत्सव सफल बनाउन स्थानीय, प्रदेश र सङ्घ सरकारसँगै, निजी क्षेत्र एनसेल, पर्यटन व्यवसायी साहित्य अनुरागी, सङ्घसंस्था, सञ्चार जगत् सबैको साथ रहेको बताए ।

उनका अनुसार साङ्गीतिक कार्यक्रममा प्रोजेक्ट सारङ्गी र सोनागी ब्लुजजस्ता समूहहरूले परम्परागत र समकालीन सङ्गीतको मिश्रण प्रस्तुत गर्ने छन् । यसले पोखराको साङ्गीतिक परम्परामा पनि नयाँ रङ्ग थप्ने छ । साथै लोक चित्रकारको चित्रकला प्रदर्शनीले संस्कृति र कलाप्रेमीलाई आकर्षित गर्नेछ ।
रासस