२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै 

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै 
अ अ+ अ-

काठमाडौँ : प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिनुहुने भएको छ । गजलकार अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिनुहुने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गजलकार अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिनुहुने छ । उहाँलाई नेपाल आउने इच्छा भएकाले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ ।” अध्यक्ष मोक्तानका अनुसार गजलकार अली यही फागुन ३० गते नेपाल आउने कार्यक्रम छ ।

सङ्गीतकार दीपक जङ्गमले गजलकार अलीको कार्यक्रमले नेपाली गजलकारलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “उहाँसँग मैले काम गर्ने अवसर पाएको छु । उहाँलाई प्रत्यक्ष सुन्ने र हेर्ने दर्शकझैँ सङ्गीतकर्मीको पनि सपना हुन्छ । त्यसैले यो कार्यक्रम दर्शकझैँ सङ्गीतकर्मीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

गजलकार अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’, ‘निधारमा’ लगायत नेपाली गीत र गजल प्रसिद्ध छन् ।

मण्डलामा ‘जुन त लग्यो ताराले’ मञ्चन 

शनिबारदेखि थापागाउँस्थित मण्डला नाटकघरमा ‘जुन त लग्यो ताराले’ को मञ्चन सुरु भएको छ । विदेशिन बाध्य बनाउने बाध्यता, रहर अनि सपनाले नेपाली समाजलाई एक्लो बनाइरहेको यथार्थ र छुटिगएका एक्लो मनहरूको कथालाई नाटकमा प्रस्तुत गरिएको निर्देशक इँगिहोपो कोँइच सुनुवारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफूभित्र भएका भोगाइ, महसुस अनि आफ्नै देखेका तर बेवास्ता गरिएका साधारण कथा भन्न रुचाउने भएकाले यो विषयलाई नाटकमा ल्याएको हुँ । यो कथालाई नाटकमा ल्याउँछु भन्ने पाँच, छ वर्षअघिदेखि नै सोच आएको थियो । तर यसपटक मण्डला थिएटरले ‘ल्याब १६ का प्रशिक्षार्थीलाई प्रशिक्षण गराउनुका साथै नाटक निर्देशन पनि गर्नुपर्नेछ’ भन्ने जिम्मेवारी सुम्पिनु भएपछि नाटक तयार भयो ।”

निर्देशक सुनुवारले नाटक ‘जुन त लग्यो ताराले’ मा उपाश्ना तामाङ, अन्जना राई, मीरा पण्डित, विनोद राहुमगर, मेनुका माझी, बद्रीप्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, सञ्जीव महर्जन, साइरस विश्वकर्मालगायत कलाकारले अभिनय गरिरहनुभएको जानकारी दिनुभयो । रासस