२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

नैतिक शिक्षा आजको आवश्यकताः वनमन्त्री शाही

नैतिक शिक्षा आजको आवश्यकताः वनमन्त्री शाही
अ अ+ अ-

बागलुङ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले समाजलाई नैतिक रूपमा माथि उठाउन आजको आवश्यकता नैतिक शिक्षा भएको बताउँदै विद्यालय तहबाटै यसको पठनपाठन गराउनुपर्नेमा जोड दिनुभएको छ ।

आज बागलुङको जैमिनी नगरपालिका–८ स्थित छिस्तीको जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको उद्घाटनपछि उहाँले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल नआएको बताउँदै अब गुणस्तरमा ध्यान दिन आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनको सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको बताउनुभयो । स्थायित्व र विकासका लागि अहिलेको सरकारले जनता केन्द्रित भएर नयाँ ढङ्गले काम गरिरहेको उहाँको भनाइ छ ।

“शिक्षामा सरकारले गरेको लगानी अनुसारको प्रतिफल आएको छैन, गुणस्तरमा ध्यान दिन आवश्यक छ, पछिल्लो समय वन्यजन्तुका कारण किसान समस्यामा छन्, यो विषय समाधान गर्न सरकार गम्भीर बनेको छ”, मन्त्री शाहीले भन्नुभयो, “जैमिनी नगरपालिकाले बाँदर बगैँचा निर्माण थालेकामा वन मन्त्रालयले आर्थिक रूपमा सघाउने छ ।”

वनलाई समृद्धिसँग जोड्ने गरी काम गरेको बताउँदै आगामी बजेटमा आफूले वन तथा वातावरणसम्बन्धी जोड दिएर कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय वन्यजन्तु बाँदर, बँदेल र हात्तीका कारण धेरै किसान समस्यामा परेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पहिलो चरणमा बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा लिएर किसानलाई क्षतिपूर्ति दिने व्यवस्था मिलाउने जनाउनुभयो ।

उहाँले जैमिनीमा निर्माण गर्ने भनिएको बाँदर बगैँचालाई मन्त्रालयले आगमी दिनमा बजेट विनियोजन गर्ने उल्लेख गर्नुभयो । वर्तमान सरकार आएपछि आर्थिक गतिविधि चलायमान हुनाका साथै रोकिएका कामले पनि गति लिन थालेकाले जनतामा आशाको सञ्चार भएको उहाँले बताउनुभयो । रासस