९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुर्वेद औषधालयबाट तीन जिल्लाका नागरिक लाभान्वित



अ+ अ-

तनहुँ। तनहुँको व्यास नगरपालिका–६ स्थित सिसाघाटमा आयुर्वेद औषधालयको नवनिर्मित भवन निर्माण गरिएको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको रु एक करोड ४१ लख ३८ हजार ९८ लागतमा भवन निर्माण गरिएको हो ।

उक्त औषधालयबाट तनहुँसहित छिमेकी लमजुङ र कास्की जिल्लाका बासिन्दालेसहज रूपमा सेवा लिन थालेका छन् । उक्त भवनको केहीदिन अघि नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

उद्घाटन पछि नागरिकलाई उपचार सेवा दिन थालिएको व्यास–६ का वडाध्यक्ष एवं शिशाघाट आयुर्वेद औषधालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।