
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन् ।
भर्खरै सम्पन्न खेलमा दुबै टोलिले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
घरेलु टोलि एभर्टनले पहिलो हाफमा दुई गोलको अग्रता लिएपनि अन्तिमसम्म उक्त अग्रता कायम राख्न सकेन । खेलको १९ औं मिनेटमा बेटोले तथा ३३ औं मिनेटमा एब्डोलाए डोकुरेले गोल गर्दै एभर्टनलाई दुई गोलको अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा युनाइटेडले बराबरी गोल फर्कायो । ७२ औं मिनेटमा ब्रुनो फर्नान्डेजले तथा ८० औं मिनेटमा म्यानुएल उगार्टेले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् । यो नतिजापछि एभर्टन २६ खेलबाट ३१ अंकका साथ तालिकाको १२ औं स्थानमा छ भने युनाइटेड ३० अंकका साथ १५ औं स्थानमा छ ।