३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत अलग छ- शंकर पोखरेल

एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत अलग छ-  शंकर पोखरेल
अ+ अ-

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत: अलग रहेको बताएका छन् ।

पछिल्लो समय विभिन्न व्यक्ति र संघ–संस्थाहरू विदेशी अनुदानसँग जोडिएको चर्चा चलिरहेका बेला उनले यस्तो प्रष्टीकरण दिएका हुन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालमा संचालित गैर सरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको उल्लेख गर्दै नेतृत्व यसबाट अलग रहेको बताएका हुन् ।

उनले बालबालिकाको क्षेत्रमा काम गर्दै आएका मानव अधिकार अभियन्ता गौरी प्रधानले कतै प्रसंगवस भनेको सन्दर्भ स्मरण गर्दै लेखेका छन्, ‘उहाँले भन्नु भएको थियो– मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैरसरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन् । तर पनि एलाइन्समा आवद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकी उनीहरू पारदर्शी रुपमा समुदायमा काम गर्दछन् । तर ८५ प्रतिशतभन्दा बढी अनुदान प्राप्त गर्नेहरू खासै चर्चामा छैनन् । किनकी उनीहरू मध्ये अधिकांश बन्द कोठामा काम गर्दछन् । उनीहरू के गर्दछन् आम मानिसलाई थाहा पनि हुँदैन ।’

मलाई लाग्दछ सत्य यस्तै होला । जहासम्म नेकपा (एमाले) को मुल नेतृत्वको कुरा छः- त्यो विदेशी अनुदान प्राप्त संस्थावाट पूर्णतः अलग रहदै आएको छ ।