३० असार २०८२, सोमबार
,
Latest
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु संघीय मन्त्रालयले गर्‍यो ११ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित) मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निवासमा कांग्रेस संस्थापन पक्षका नेताहरू भेला भएका छन् ।

संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने भन्दै उनीहरू शनिबार दिउँसो सिटौला निवासमा चण्डोलमा जुटेका हुन् ।

बैठकमा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, केन्द्रीय सदस्य तथा प्रदेश मन्त्री कुन्दनराज काफ्ले, कोशी प्रदेश मन्त्री भूपेन्द्र राई, पूर्वमन्त्री भीमसेनदास प्रधान, बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायत उपस्थित छन् ।

संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा भेलाले निष्कर्ष निकाल्ने बुझिएको छ ।