२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

पटेल एफबीआई प्रमुख निर्वाचित

पटेल एफबीआई प्रमुख निर्वाचित
अ अ+ अ-

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक शत्रुहरूलाई खेद्ने धम्की दिने ट्रम्पका कट्टर विश्वासपात्र काश पटेललाई रिपब्लिकन नियन्त्रित अमेरिकी सिनेटले बिहीबार देशको सर्वोच्च कानुन कार्यान्वयन गर्ने निकाय एफबीआईको निर्देशकमा निर्वाचित गरेको छ।

पटेलको मनोनयनपछि डेमोक्र्याटिक्स पार्टीको चर्को विरोध भएपनि अन्ततः यो विरोध निरर्थक बनेको छ । उहाँलाई सिनेटले ५१–४९ मतले अनुमोदन गरेको छ ।

दुई रिपब्लिकन सिनेटर सुसन कोलिन्स र लिसा मुर्कोवस्कीबाहेक अन्य दुई रिपब्लिकन सिनेटरबाहेक सिनेटमा मतदान हुँदा दलगत आधारमा मत विभाजन भएको थियो ।

पटेल ३८ हजार सदस्यीय सङ्घीय अनुसन्धान विभागको प्रमुखका रूपमा निर्वाचित हुनुभएको हो ।

पटेलले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् (क्यापिटोल) मा आक्रमण गर्ने ट्रम्प समर्थक दङ्गाकारीहरूको बचाउ र रिपब्लिकन राष्ट्रपतिको विरोध गर्ने कथित ‘डिप स्टेट’ का सदस्यहरूलाई जरैदेखि उखेलेर फ्याँक्ने आफ्नो प्रतिज्ञाको लागि डेमोक्र्याट्सहरूबाट आलोचना खेप्नुपरेको थियो ।

डेमोक्र्याटिक सिनेटर डिक डर्बिनले सिनेटमा पटेलको मनोनयनको विरोध गर्दै निर्वाचनपूर्व संसदमा भएको बहसमा भन्नुभयो, “पटेल खतरनाक र राजनीतिक रूपमा ‘अतिवादी’ सोच राख्नुहुन्छ र उहाँले आफ्ना राजनीतिक शत्रुहरूविरुद्ध प्रतिकार गर्न हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण कानून प्रवर्तन एजेन्सी प्रयोग गर्ने आफ्नो इच्छा बारम्बार व्यक्त गर्नुभएको छ ।”

सिनेटले ट्रम्पको क्याबिनेटका सबै निर्णयलाई अनुमोदन गरेको छ । यसले रिपब्लिकन पार्टीमा ट्रम्पको पकडलाई स्पष्ट पारेको छ।
पटेलले एफबिआईको निर्देशक बन्न पाएकोमा आफू गौरवान्वित भएको बताउनुभएको छ ।

“अमेरिकी जनता पारदर्शी, जवाफदेही र न्यायप्रति प्रतिबद्ध एफबीआईको हकदार छन्,” उहाँले भन्नुभयो ।

“हाम्रो न्याय प्रणालीको राजनीतिकरणले जनताको विश्वासलाई कमजोर बनाएको थियो तर त्यो आज समाप्त भएको छ,” उहाँले भन्नुभयो।

“राम्रो प्रहरीलाई थप जिम्मेवारी दिने र एफबीआईप्रतिका विश्वास पुनः निर्माण गर्ने निर्देशकको रूपमा मेरो अभियान हुनेछ ।

उहाँले भन्नुभयो, “अमेरिकीलाई हानि पु¥याउन खोज्नेहरुलाई यो चेतावनी मान्नुहोस् । हामी तिमीहरूलाई पृथ्वीको हरेक कुनामा गएर प्रतिकार गर्नेछौँ ।रासस