७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध

सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
अ+ अ-

तुलसीपुर। केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोटको भवन रङरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए ।

कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलैधुलोमा बस्न बाध्य थिए । डेस्क, बेञ्च भाँचिएका थिए । तर, अहिले त्यस्तो अवस्थामा छैनन् । सोही विद्यालयलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडेको तुलसीपुर–६ स्थित गोरखा माध्यमिक विद्यालयले यी सबै समस्या समाधान गरिदियो ।

विद्यालय रङ्गीचङ्गी छ । कोठामा म्याट, डेस्क, बेञ्च नयाँ छन् । त्यति मात्रै होइन, कक्षा कोठामा स्मार्ट बोर्ड र प्राजेक्टर पनि छ । यसरी नै गोरखाले मावि प्रतापकोटमा जे आवश्यक छ, त्यो सहयोग गर्दै आएको छ । विद्यालयको भौतिक पूर्वाधार सहयोगदेखि खेलकुदका सामग्री पनि सहयोग गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकलगायत सहयोग गर्दै आएको गोरखा ग्रुपका शैक्षिक निर्देशक दुर्गा केसीले बताए । गएको वर्ष ३२ थान डेस्क, बेञ्च, पुरानो चार कोठे भवनको रङरोगन, झ्याल ढोका मर्मत गर्न सहयोग गरेको निर्देशक केसीले बताए ।

त्यस्तै विगतमा विद्यार्थीलाई न्यानो कपडा वितरण, खेलकुद सामग्री, विद्यार्थीका लागि राउन्ड टेबल, म्याट, प्राथमिक उपचारका सामग्री सहयोग गरिएको छ । यो वर्ष पनि सोही विद्यालयलाई स्मार्ट बोर्ड दिने तयारी रहेको केसीको भनाइ छ ।विद्यालयलाई थप दुई वटा स्मार्ट बोर्ड तत्कालै सहयोग गर्ने समेत प्रमुख केसीको भनाइ छ ।

स्मार्ट बोर्ड भएमा शिक्षक हाजिर नहुँदा पनि त्यही बोर्डमार्फत पढाउन सकिने हुँदा कक्षा खाली हुने अवस्था नआउने केसीको भनाइ छ । सामुदायिक विद्यालय र निजी विद्यालयबीच भगिनी सम्बन्धमा यसरी एकअर्काप्रति सहयोग आदानप्रदान हुने भन्दै यो सम्बन्ध जोडेर सहयोग गरिरहेको उनले बताए ।

भगिनी सम्बन्ध निरन्तर जारी रहने भन्दै विद्यार्थीलाई जे आवश्यक पर्छ, त्योअनुरूप सहयोग गर्ने उनको भनाइ छ । साथै सोही विद्यालयमा अध्ययन गरेर निस्केका एक जना विद्यार्थीलाई उच्च शिक्षाका लागि पनि सहयोग गरिएको उनको भनाइ छ ।

निजी विद्यालयसँगको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको मावि प्रतापकोटका व्यवस्थापन समिति अध्यक्ष लिलामणि बाँठाले बताए । “२०७५ सालदेखि हाम्रो भगिनी सम्बन्ध जोडिएको हो, त्यहाँदेखि नियमित सहयोग भइरहेको छ”, उनले भने, “त्यो सहयोगले हाम्रो विद्यालयको अवस्था फेरिएको छ ।” आवश्यक पर्ने डेस्क, बेञ्च, प्राजेक्टर, म्याट मात्रै होइन, विद्यार्थीलाई शैक्षिक सामग्री तथा कपडा समेत सहयोग गर्दै आएको भन्दै यसले विद्यार्थीमा आकर्षण थपेको उनको भनाइ छ ।

विद्यालयले विद्यालयलाई सहयोग गर्ने र विद्यार्थीले विद्यार्थीलाई नै सहयोग गर्ने गरेका छन् । सोहीअनुसार गोरखाका विद्यार्थीले समय–समयमा कपी, कलम, झोला, न्यानो कपडा सहयोग गर्दै आएका छन् । खाजा खर्च कटाएर यसरी सहयोग गर्ने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाँठाले बताए।  रासस