७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पाल्पामा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान

पाल्पामा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान
अ+ अ-

पाल्पा। सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका १७ विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ थालनी भएको हो ।

लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनता माध्यमिक विद्यालय तानसेनबाट अभियानको शुभारम्भ गरेका हुन् । उनले यही विद्यालयमा माध्यमिक तहको शिक्षा अध्ययन गरेका थिए । आफू पढेको विद्यालयप्रति जिम्मेवार बनाउन सकिएमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार, आर्थिक अवस्थामा सुधार, पूर्वाधारमा सुधार गर्न सकिने अभिप्रायले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सञ्चालन गरिएको उनको भनाइ छ । आफूले पढेको जनता माविलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने मन्त्री सारुले प्रतिवद्धता जनाए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्वविद्यार्थी, जनप्रतिनिधिदेखि अभिभावकसम्मलाई आफ्नो दायित्व अनुभूति गराउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । ‘सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘पूर्वविद्यार्थीले चाहेको अवस्थामा विद्यालयमा धेरै सुविधा र सुधारका काम हुन सक्छन् भन्ने विश्वास छ ।’

फरक प्रसङ्गमा मन्त्री सारुले मुलुकमा धेरै परिवर्तन भएकाले केही भएन भन्नु गलत भएको बताए । मन्त्री सारुले भने, ‘१०४ वर्षीय राणाशासनको अन्त्य गर्दै जनताका छोराछोरीले पनि पढ्न पाउनुपर्ने र जनताकै छोराछोरीले मुलुकको नेतृत्व गर्न पाउनुपर्छ भनेर प्रजातन्त्र, गणतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था गरियो, के यो परिवर्तन हैन ?

आज हाम्रा हात हातमा मोबाइल फोन, इन्टरनेट, कम्युटरजस्ता आधुनिक प्रविधि आए के तिनीहरु विकास हैनन् ? गाउँगाउँमा विद्यालय, सडक, खानेपानी, बिजुलीजस्ता विकासका पूर्वाधार पुगेका छन् ,तर हामी अझै देशमा केही भएन भन्न छाडेका छैनौँ, यो गलत हो ।’ नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा काम गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला आएको उनको भनाइ थियो । रासस