९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल कुनै पार्टीसँग एकता हुन्न : एकीकृत समाजवादी



अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) तत्काल कुनै पनि पार्टीसँग एकीकरण नजाने भएको छ।

पार्टीको आजदेखि सुरू केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी समाजवादी विचार र लक्ष्यमा प्रष्ट रहेकाले एमाले, माओवादीलगायत राजनीतिक दलसँग तत्काल एकीकरणको कुनै सम्भावना नरहेको उल्लेख छ।

तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि भएको भनिएको प्रतिवेदनमा आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने उल्लेख गर्दै वर्तमान सरकारले दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजेको जनाइएको छ। समाजवादको पक्षमा रहेका शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिइरहेको जनाइएको छ।

बैठकमा अध्यक्ष नेपालले निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत १३ बुँदे आचारसंहिता पेस गरे।

बैठकमा महासचिव घनश्याम भुसालले मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियानबारे तालिका प्रस्ताव गरे। पार्टीका जिल्ला अधिवेशनहरू गर्ने प्रस्तावमा सबै जनसङ्गठन, विभागसहित अन्य सङ्घ संस्थाहरूबाट आगामी चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव सङ्कलन गर्ने कार्यक्रम छ।

भोलिसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने कार्यक्रम छ। बैठक भोलि ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।