१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.37

Wind: 1.03

Humidity: 62

Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल कुनै पार्टीसँग एकता हुन्न : एकीकृत समाजवादी



अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) तत्काल कुनै पनि पार्टीसँग एकीकरण नजाने भएको छ।

पार्टीको आजदेखि सुरू केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी समाजवादी विचार र लक्ष्यमा प्रष्ट रहेकाले एमाले, माओवादीलगायत राजनीतिक दलसँग तत्काल एकीकरणको कुनै सम्भावना नरहेको उल्लेख छ।

तत्कालीन अवस्थामा गरेको विद्रोहको औचित्य पुष्टि भएको भनिएको प्रतिवेदनमा आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने उल्लेख गर्दै वर्तमान सरकारले दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजेको जनाइएको छ। समाजवादको पक्षमा रहेका शक्तिलाई एकताबद्ध गर्न पार्टीले पहलकदमी लिइरहेको जनाइएको छ।

बैठकमा अध्यक्ष नेपालले निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नुपर्ने लगायत १३ बुँदे आचारसंहिता पेस गरे।

बैठकमा महासचिव घनश्याम भुसालले मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियानबारे तालिका प्रस्ताव गरे। पार्टीका जिल्ला अधिवेशनहरू गर्ने प्रस्तावमा सबै जनसङ्गठन, विभागसहित अन्य सङ्घ संस्थाहरूबाट आगामी चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव सङ्कलन गर्ने कार्यक्रम छ।

भोलिसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने कार्यक्रम छ। बैठक भोलि ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।