९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको चाहना सुशासन र समृद्धि



अ+ अ-

कास्की। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको चाहना सुशासन र समृद्धि भएको बताउनुभएको छ । समृद्धिको चाहना पूरा नभएकै कारण जनतामा राजनीतिक वितृष्णा पैदा भएको उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले साढे तीन दशकमा पनि विकासले गति लिन नसक्नुमा ठूला राजनीतिक दलहरूको कमजोरी भएको आरोप लगाए।

राप्रपाका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले भावी पुस्ताको भविष्यका लागि दलहरूले सोच्न आवश्यक भएको बताउँदै सुन्दर देश नेपालको विकासमा ध्यान दिन जरूरी भएको बताए । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा सुशासनको खाँचो रहेको उल्लेख गर्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए।