१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन सकेन- अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले आवश्यकता अनुसार शिक्षा नीति परिवर्तन हुन नसकेको बताएका छन्।

काठमाडौंको सामाखुशीमा सञ्चालित नवोदित कलेजले आयोजना गरेको ‘साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनीको आज उद्घाटन गर्दै उनले शिक्षा नीतिकै कारण मुलुकको शिक्षा क्षेत्र परिवर्तन हुन नसकेको बताएका हुन्। ‘विसं २०५५ सालमा म शिक्षामन्त्री हुँदा राष्ट्रिय शिक्षा नीति लागू गरेको थियौँ, अहिले २६ वर्ष पूरा भएर देश संघीयतामा गइसके पनि नीति भने त्यही छ’, उनले भने।

शिक्षालाई प्रभावकारी बनाउने विषयमा राज्य कमजोर देखिएको उनको भनाई थियो। नेता केसीले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कलेजका प्राचार्य राजेन्द्र अधिकारीले शिक्षालाई प्रविधि र सीपसँग जोड्न नसकेसम्म मुलुकको विकास सम्भव नभएको बताए। विद्यार्थीलाई प्रविधि र सीपसँग जोड्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने उनको भनाई थियो।

उक्त प्रदर्शनीमा उक्त स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीले ५० भन्दा बढी स्टल राखेका थिए। उक्त स्टलमा प्रविधिको विकासबारे विद्यार्थीबाट निर्माण गरिएका सामग्री प्रदर्शनीमा राखिएका थिए।