१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृतनापति समन्वयात्मक बैठक सम्पन्न



अ+ अ-

काठमाडौँ। जङ्गीअड्डामा बिहीबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक आज सम्पन्न भएको छ । बैठकमा वर्तमान सुरक्षा परिस्थितिको विश्लेषण, तालिमको समीक्षा, बन्दोबस्ती पक्षलगायत विविध विषयमा छलफल भएको थियो ।

बैठकको समापनसत्रलाई सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले सकल दर्जाको सामूहिक भावना तथा एकतामा जोड दिए । उनले नेपाली सेनाको व्यावसायिकता अभिवृद्धि गर्दै देश र जनताको सेनाप्रतिको अपेक्षा पूरा गर्न सकल दर्जाले जिम्मेवार भई काम गर्नुपर्ने बताए ।

प्रधानसेनापतिले गौरवपूर्ण नेपाली इतिहासको अध्ययन, अध्यापन र जगेर्नामा टेवा पुग्ने कार्यक्रम लागू गर्न निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठकको समापन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्दलगायत अधिकृतहरूको उपस्थिति थियो ।