२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

पार्टीलाई जनतासँग जोड्न ‘जरा अभियान’

पार्टीलाई जनतासँग जोड्न ‘जरा अभियान’
महासचिव पोखरेल-सम्बोधन गण्डकी, ९ फागुन : नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शंकर पोखरेल नेकपा एमाले कास्की जिल्ला कमिटीद्वारा शुक्रबार पोखरामा आयोजित वडा केन्द्रीत पार्टी निर्माण अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : हरिप्रसाद बास्तोला/रासस
अ अ+ अ-

गण्डकी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी र जनताबीचको सम्बन्धलाई कसिलो बनाउन पार्टीले ‘जरा अभियान’ सञ्चालन गरेको बताएका छन्।

एमाले कास्कीद्वारा आज पोखरामा आयोजित वडा केन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले अभियानको भावना र मर्मलाई सार्थक बनाउन जनताको घरघरमा पुग्न कार्यकर्तालाई निर्देशन दिए।

जनताको बहुदलीय जनवाद विचार र नेतृत्वमा कुनै पनि विवाद नरहेको बताउँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पूरा गर्न कार्यकर्ता संगठित भएर लाग्नु पर्नेमा जोड दिए।

संगठित शक्तिले मात्र समाज परिवर्तन गर्न सक्दछ भन्दै उनले पार्टीको संगठानात्मक शक्तिलाई बलियो बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए। पार्टीले लिएका अभियान पूरा गर्न निर्वाचनमा पहिलो पार्टी बनाउनेतर्फ जुटन जनप्रतिनिधि र कार्यकर्तालाई उनको आग्रह थियो।

मुलुकको अस्थिर राजनीतिक अवस्थाका कारण जनतामा बढेको नैरास्यता हटाउन एमाले र कांग्रेसको गठबन्धन सरकार बनेको बताउँदै उनले सात बुँदे सहमतिका आधारमा बनेको यो गठबन्धन पुरै अवधि कायम रहने बताए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मुलुकको नेतृत्व गर्ने सशक्त पार्टीका रूपमा स्थापित गर्न लाग्नुपर्ने आवश्यकता आँैल्याए।

देशको आवश्यकतालाई दृष्टिगत गर्दै प्रमुख पार्टीहरू सम्मिलित वर्तमान सरकार बनेको बताउँदै उनले सरकार गठन भएपछि अस्थिरताको अन्त्यसँगै सुशासन र समृद्धिको जनतामा आशा जगाएको बताए। नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरूङले जनचाहनाअनुसार सरकार अघि बढिरहेको बताउँदै स्थिर सरकारको कारण छिमेकी मुलुक भारत र चीनको विकासमा तीव्रता आएको बताए।

पार्टी सचिव पद्मा अर्यालयले पार्टी भित्रको अवसरवाद र संगठनात्मक अराजकताको अन्त्यका लागि कार्यकर्ता संगठित हुनुपर्ने बताइन्। नमिलेका मनलाई मिलाउन पार्टीभित्र छलफल गरी एकता कायम गर्नुपर्नेमा उनको जोड थियो।

एमाले स्थायी कमिटी सदस्य एवं निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी र सरकारले गरेका राम्रा काम जनता समक्ष पुर्‍याउन कार्यकर्तालाई आग्रह गरे। एमाले केन्द्रीय सदस्य एवम् कास्की ईन्चार्ज कृष्ण थापाले पार्टी सुदृढीकरणका लागि टोलटोलमा पुगेर विकास निर्माणसहित जनभावना बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भेषराज बराल र सचिव दर्शन लामाले पार्टीको वर्तमान अवस्था र अभियान सञ्चालनका सम्बन्ध प्रकाश पारेका थिए। रासस