१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राक्सिराङको देविथान विद्यालयमा नयाँ भवनको एमाले मुख्य सचेतक बर्तौलाद्वारा शिलान्यास



अ+ अ-

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका -९ स्थित खैरानमा रहेको देविथान आधारभूत विद्यालयमा नयाँ भवनको शिलान्यास भएको छ ।

उक्त गाउँपालिकाको खैरानस्थित सलेनीमा रहेको विद्यालयमा नयाँ बन्न लागेको भवनको शुक्रबार एमाले नेता एवम मुख्य सचेतक महेश कुमार बर्तौलाले शिलान्यास गरेका हुन ।

भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्य सचेतक बर्तौलाले भवन निर्माण सप्पन्न भएपछी बालबालिकाले भवन अभावले गर्दा कठिन परिस्थितिका बिच अध्ययन गर्नुपर्ने बाध्यता नरहने बताए । यस्तै विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको निम्ति आफु निरन्तर लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

विद्यालयको नयाँ भवन संघिय सरकार अन्तर्गत शहरी विकास मन्त्रालयको १ करोड लागतमा सघन शहरी तथा निर्माण आयोजना चितवनले बनाउन लागेको हो ।

अहिले विद्यालयमा १ देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको भएपनि कक्षा कोठाको अभावले गर्दा सबै विद्यार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।