९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्छ-विप्लव



अ+ अ-

दैलेख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशलाई समृद्ध बनाउने हो भने उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

‘डेढ वर्षको उत्पादनले पार्टीलाई पुगेको छ । चन्दा उठाएर खानु परेको छैन’, आज दैलेखमा राजनीतिक भेटघाट तथा चियापान कार्यक्रममा उनले पार्टीलाई आत्मनिर्भर बनाउन चालिएका कदमको चर्चा गर्दै भने, ‘यो देश बनाउने हो भने उत्पादनमा जोड दिनुपर्छ ।’

आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई अहिले खानाका लागि समस्या नभएको दाबी गरेका छन् । उनले चन्दा माग्ने संस्कार अन्त्य गर्ने आफ्नो अठोट रहेको स्पष्ट पारे । उनले भने, ‘हामीले पार्टीलाई माग्न नपर्ने अवस्थामा पुर्‍याउने अठोट गरेका छौँ । अब भातका लागि कसैलाई गुहार्नु पर्ने स्थिति छैन ।’

जुम्लामा सामुदायिक स्याउखेती गर्न जाने क्रममा यहाँ आइ पुगेका उनले आफ्नो पार्टी सत्तामा नभए पनि उत्पादन गरेर आफूले खाने र गरिब जनतालाई खुवाउने अठोटका साथ काम गरिरहेको बताए ।

पार्टीलाई तराई–मधेसमा धान, पहाडमा सुन्तला, हिमालमा स्याउ र जडीबुटी रोपेर आत्मर्निभर भएर जनतामा जाने प्रतिबद्धता उनको थियो ।