७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

‘भन्सार चलाउन स्वविकेकीय अधिकार चाहिन्छ’

‘भन्सार चलाउन स्वविकेकीय अधिकार चाहिन्छ’
अ+ अ-

काठमाडौँ। भन्सारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा भन्सार अधिकृतलाई कतिपय विषयमा स्वविवेकीय अधिकार दिइनुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयका (राजस्व) सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रक्रिया विकेन्द्रित रुपमा परिचालित भएकाले सम्बन्धित अधिकारीलाई अधिकार प्रत्यायोजित नगर्ने हो भने कार्य सम्पादन गर्न चुनौती हुने धारणा राखे।

सचिव घिमिरेले भने, “अन्तर्राष्ट्रिय रुपमा व्यपार सहजीकरण गर्ने विन्दु भन्सार भएकाले केन्द्रिकृत हिसाबले त्यस्ता अधिकार राख्दा व्यापारिक सहजीकरणको मूल उद्देश्यको प्रतिबद्धताअनुरुप अघि बढ्न चुनौती हुन्छ। त्यसैले स्वविवेकीय अधिकारको प्रयोग गर्नुपर्ने आवश्यकता छ।”

कानुन निर्माणका सिलसिलामा अन्तर्राष्ट्रिय प्रतिबद्धता जाहेर गरेका विषयलाई सोहीबमोजिम समायोजन र परिमार्जन गर्न आवश्यक रहेको उनको भनाइ थियो। सरकारले भन्सारका प्रक्रियालाई सरल, प्रभावकारी र प्रविधिमैत्री तुल्याउँदै वैध व्यापारको सहजीकरण तथा अवैध व्यापारको प्रभावकारी नियन्त्रण भन्सारसम्बन्धी विधेयक ल्याएको हो।

भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज तथा सुरक्षित बनाउन र राजस्व सङ्कलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गर्ने विधेयकको उद्देश्य छ। मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउन आवश्यक भएको तथा नेपालको भन्सार प्रक्रियाको सरलीकरण एवं सामञ्जस्यीकरणसम्बन्धी महासन्धीमा सम्मिलन गरिसकेकाले सोबमोजिमका प्रावधानलाई कानुनमा व्यवस्था गरी कार्यान्वयन गर्न तथा स्वदेशी उद्योग सङ्घको संरक्षण, निकासी प्रवद्र्धन र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न कानुन निर्माणपछि योगदान पुग्ने विश्वास गरिएको छ।

विधेयकका एक सय १७ बुँदामा १७ सदस्यको संशोधन रहेको छ। त्यसमध्ये धेरै सशोधनकर्ताले आफ्नो संशोधन प्रस्तावको प्रतिरक्षा गर्दै भनाइ राखे। यसअघि दुई बैठकमा समितिले संशोधनकर्तासँग छलफल गरेको थियो। समितिले अब उक्त विधेयकमाथि दफावार छलफल चलाउनेछ।

बैठकमा समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले विषय केन्द्रित छलफल र निर्णयमा आधारित बैठक सञ्चालन गरी समयसीमा तोकेर कानुन निर्माण तीव्र रुपमा अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिए।

अर्का सदस्य विराजभक्त श्रेष्ठले सांसदको मुख्य कर्तव्य र दायित्व नीति तथा विधि निर्माण गर्ने भए पनि कानुन निर्माणको हालसम्मको उपलब्धि निराशाजनक नै रहेको धारणा राखे।

समितिका सदस्य गणेश पराजुलीले भन्सारबाट सङ्कलन भएको राजस्व पुरापुर राज्यको ढुकुटीमा जाने स्पष्ट कानुनी व्यवस्था र दण्डसजाय नहुँदा देशको राजस्व घट्ने तथा व्यक्तिको खल्ती मोटाउने अवस्था बनिरहेकाले व्यापक सुधारको खाँचो ‌औँल्याए।

समितिकी अर्की सदस्य रमा कोइरालाले न्यून आय भएका व्यक्तिको जीवन चलाउन दैनिक आवश्यकपर्र्ने थोरै परिणाममा खाद्यान्न ल्याउने पक्राउ गर्ने तर ठूलो ट्रकमा लाखौँ मूल्य पर्ने सामान मिलेमतोमा छाड्ने प्रवृत्ति रोक्न प्रभावकारी कानुन आवश्यक रहेको बताइन्।

अर्का सदस्य मनिष झाले कर नीतिलाई पारदर्शी तुल्याउनपर्ने तथा लक्जरी वस्तु र सामानमा छुट दिने परम्परा अन्त्य गरिनुपर्ने धारणा राखे। उनले भने, “औषधिमा पो छुट चाहिन्छ, मोबाइल, प्राडो गाडीमा किन छुट सुविधा?’