२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छः कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने- ‘राजाको यतिमात्रै चाहना रहेको छ । देश र जनतालाई बचाउन फेरि एक पटक राजा र जनताबीचमा साझेदारीको आवश्यक छ । राजाले फेरि निरङ्कुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन । राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु् ।’

पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश आएको बताउदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको उनले बताए ।

राजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टीका टिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाई प्रजातन्त्र ,दल र नेताको विरुद्धमा नभएको ,मुलुकको समस्याप्रतीको चिन्ता मात्र भएको समेत दाबी गरे ।

कसैलाई निशेध नगरि सबै अटाउने प्रणाली आवश्यक भएको चर्चा गर्दै थापाले राजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रुपमा ग्रहण गर्दै यो प्रस्ताव साकार पार्न राप्रपा नेपाल तयार रहेको र जनदवाव शिर्जना गर्ने काममा कृयाशिल बन्ने समेत उद्घोष गरे । कार्यक्रममा अर्थबिद डाक्टर विश्व पौडेल ,वरिष्ठ अधिबक्ता विष्णु भट्टराई ,भास्कर भद्रा र निरज शाहले पनि बोलेका थिए ।