काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला परेको छ। मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वरको सडक पेटीमा शंकास्पद वस्तु ‘होक्स’ लाई नेपाली सेनाको टोलीले डिस्पोज गराएको छ ।
कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र नेपाली सेनासहितको टोली घटनास्थलमा पुगेको थियो । उक्त वस्तु ‘होक्स’ (आतंकित बनाउन राखिएको वस्तु) रहेको पाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।
एउटा झोला राखिएको छ। त्यसभित्र के छ भन्ने खुलेको छैन भने ‘डिस्पोज गर्न सेना आउँदैछ।










