२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’ सञ्चालन



INDIA-HEALTH-VIRUS
अ+ अ-

मोरङ। कोशी अस्पताल विराटनगरमा आजदेखि पाँच शैय्याको पोष्ट अपरेटिभ वार्ड सञ्चालनमा आएको छ।

अस्पतालमा उपलब्ध स्रोत साधनकोे प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालनमा ल्याइएको हो। शल्यक्रियापछि बिरामीलाई राख्न उक्त वार्ड सञ्चालनमा ल्याइएको हो। यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष ९आइसियु० तथा बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा रुना झाले वार्डको उद्घाटन गर्दै अस्पतालमा रहेको स्रोतको अधिकतम प्रयोग गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनु मुख्य उद्देश्य रहेको बताए।

उनले अस्पतालमा हाल नसिङ जनशक्ति पर्याप्त रहेको र दैनिक आठ बिरामीको शल्यक्रिया गरिँदै आएको जानकारी दिए। अस्पतालमा स्वदेशी तथा भारतीय सीमा क्षेत्रका नागरिकले सेवा लिइरहेका छन्।