११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारले अध्यादेश फिर्ता लिएर विधेयक ल्याएको खण्डमा गुण, दोषको बारेमा छलफल गर्न सकिने बताएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल भएको हो । छलफलका क्रममा दुई पक्षबाट विश्लेषण गरिएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताउनु भयो । आफ्नो पार्टी सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको र अध्यादेशको विपक्षमा उभिने बताउनु भयो ।

उहाँले सरकारले अध्यादेश फिर्ता लिएर विधेयकमार्फत प्रक्रिया अघि बढाएको खण्डमा राम्रा र नराम्रा गुण दोषको बारेमा छलफल गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको स्थायी कमिटीको बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभयो । त्यो छलफलका लागि सदस्यहरुलाई बाँडिएको छ ।

छलफल गरेर भोलि बिहान ८ बजेदेखि बस्ने बैठकमा उहाँहरुले आफ्ना धारणा राख्नुहुनेछ । आगामी दिनमा पार्टीलाई जनतासँग जोडेर जनसंघर्षका माध्यमबाट निर्माण गर्छौं, बिस्तार गर्छौं भन्ने हाम्रो थप कार्ययोजना छ । त्यस विषयमा छलफल गर्न अध्ययन सामग्री स्थायी कमिटीका सदस्यहरुलाई प्रदान गरिएको छ । पार्टीका आगामी दिनका दैनिक कार्ययोजनाहरु छन्ः प्रदेश अधिवेशन, जिल्ला अधिवेशनको स्थिति के छ ? पार्टी कार्यकर्ताको स्थिति के छ ? कसरी अघि जाने भन्नेबारेमा पनि छलफल गरिएको छ ।

केन्द्रिय कमिटीको बैठक यही ८ र ९ गते बस्दैछ । त्यसको कार्यसूचि तयार गर्ने र अध्यादेशको विषयमा केही छलफल भएको छ । अध्यादेशलाई दुई प्रक्रियाबाट हेरेका छौँ । एउटा त्यसको विषयवस्तुको कोणबाट र अर्को प्रक्रियाको कोणबाट, प्रक्रियागत रुपले यो त्रुटीपूर्ण छ । त्यसकारण यो प्रक्रियालाई मान्न सकिँदैन । अध्यादेशको विपक्षमा हामी उभिनेछाँै । विषयवस्तुको हिसावले सरकारले अध्यादेश फिर्ता लिएर यदी त्यो विधेयक भएर आए त्यसका राम्रा र नराम्रा गुण दोषको बारेमा छलफल गर्नेछौँ ।’

पार्टीको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन छलफलका लागि सदस्यहरुलाई बाँडिएको र छलफल गरेर बुधवार बस्ने बैठकमा सदस्यहरुले धारणा राख्ने बताउनु भयो । आगामी दिनमा पार्टीलाई जनतासँग जोडेर जनसंघर्षका माध्यमबाट पार्टी निर्माण गर्ने र त्यस विषयमा छलफल गर्न अध्ययन सामग्री स्थायी कमिटीका सदस्यहरुलाई प्रदान गरिएको बताउनु भयो । फागुन ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकको कार्यसूचि तयार बनाउने बारेमा पनि छलफल भएको बताउनु भयो ।