२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारले अध्यादेश फिर्ता लिएर विधेयक ल्याएको खण्डमा गुण, दोषको बारेमा छलफल गर्न सकिने बताएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल भएको हो । छलफलका क्रममा दुई पक्षबाट विश्लेषण गरिएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताउनु भयो । आफ्नो पार्टी सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा त्रुटीपूर्ण रहेको र अध्यादेशको विपक्षमा उभिने बताउनु भयो ।

उहाँले सरकारले अध्यादेश फिर्ता लिएर विधेयकमार्फत प्रक्रिया अघि बढाएको खण्डमा राम्रा र नराम्रा गुण दोषको बारेमा छलफल गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको स्थायी कमिटीको बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन प्रश्तुत गर्नुभयो । त्यो छलफलका लागि सदस्यहरुलाई बाँडिएको छ ।

छलफल गरेर भोलि बिहान ८ बजेदेखि बस्ने बैठकमा उहाँहरुले आफ्ना धारणा राख्नुहुनेछ । आगामी दिनमा पार्टीलाई जनतासँग जोडेर जनसंघर्षका माध्यमबाट निर्माण गर्छौं, बिस्तार गर्छौं भन्ने हाम्रो थप कार्ययोजना छ । त्यस विषयमा छलफल गर्न अध्ययन सामग्री स्थायी कमिटीका सदस्यहरुलाई प्रदान गरिएको छ । पार्टीका आगामी दिनका दैनिक कार्ययोजनाहरु छन्ः प्रदेश अधिवेशन, जिल्ला अधिवेशनको स्थिति के छ ? पार्टी कार्यकर्ताको स्थिति के छ ? कसरी अघि जाने भन्नेबारेमा पनि छलफल गरिएको छ ।

केन्द्रिय कमिटीको बैठक यही ८ र ९ गते बस्दैछ । त्यसको कार्यसूचि तयार गर्ने र अध्यादेशको विषयमा केही छलफल भएको छ । अध्यादेशलाई दुई प्रक्रियाबाट हेरेका छौँ । एउटा त्यसको विषयवस्तुको कोणबाट र अर्को प्रक्रियाको कोणबाट, प्रक्रियागत रुपले यो त्रुटीपूर्ण छ । त्यसकारण यो प्रक्रियालाई मान्न सकिँदैन । अध्यादेशको विपक्षमा हामी उभिनेछाँै । विषयवस्तुको हिसावले सरकारले अध्यादेश फिर्ता लिएर यदी त्यो विधेयक भएर आए त्यसका राम्रा र नराम्रा गुण दोषको बारेमा छलफल गर्नेछौँ ।’

पार्टीको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन छलफलका लागि सदस्यहरुलाई बाँडिएको र छलफल गरेर बुधवार बस्ने बैठकमा सदस्यहरुले धारणा राख्ने बताउनु भयो । आगामी दिनमा पार्टीलाई जनतासँग जोडेर जनसंघर्षका माध्यमबाट पार्टी निर्माण गर्ने र त्यस विषयमा छलफल गर्न अध्ययन सामग्री स्थायी कमिटीका सदस्यहरुलाई प्रदान गरिएको बताउनु भयो । फागुन ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकको कार्यसूचि तयार बनाउने बारेमा पनि छलफल भएको बताउनु भयो ।