१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायीक वातावरण तयार गर्न अध्यादेश ल्याइएको हाे : गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताउनुभएको छ ।

हेटौंडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दलका गठबन्धनको सरकारले व्यवसायी वातावरण सुनिश्चित गर्ने गरी अघि बढेको बताउनुभयाे । सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उहाँको भनाइ छ ।

सरकारले व्यवसायीक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढीरहेको गृहमन्त्री लेखकले बताउनुभयो । देश विकास निर्माणको क्षत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण भुमिका रहेको उहाँले बताउनुभयाे । अर्थतन्त्र र रोजगार सृजना तथा विकास निर्माणमा ठूलो भुमिका रहेको उहाँको भनाई छ ।

‘निर्माण व्यवसायीको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ । अहिले पुराना बक्यौताहरु सरकारले भुक्तानी दिन सुरु गरेको छ । तपाईहरु आफ्नो काममा अगाडि बढ्नुस् सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ त्यसको सुनिश्चितामा म गर्छु,’ उहाँले भन्नुभयाे ।

निर्माण व्यवसायमा गुणस्तर र समय भित्रै सम्पन्न गर्ने विषय चुनौतीको विषय बनेको गृहमन्त्री लेखकले बताउनुभयाे । निर्माण व्यवसायीहरुले राज्यको लगानीलाई प्रतिफल योग्य रुपमा अघि बढाउने गरी समय सिमा भित्रै गुणस्तरिय काम गर्नुपर्ने उहाँको भनाई छ ।