२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद नै कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था अनिष्ठको संकेतः सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन र कानून समयमै बन्न नसक्दा नागरिकमा नैराश्यता उत्पन्न भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विषेश समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो उहाँले । उहाँले कानून निर्माणको महत्वपूर्ण जिम्मेवार र दायित्व वहन गर्नुपर्ने संघीय संसदले नै कानून निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको बताउनु भयो । उहाँले संसद र संसदीय समिति आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु डरलाग्दो अनिष्ठको संकेत भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने ऐनहरु समयमा बन्न नसकेको कारणले गर्दा राज्य व्यवस्थाप्रति नै नागरिकमा नैराश्यता उत्पन्न हुन पुगेको छ । कानून निर्माणको महत्वपूर्ण जिम्मेवार र दायित्व गर्नुपर्ने संघीय संसदले नै कानून निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बस्नुपर्नेभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनअनुसार बाध्यता आइपर्नु र आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु भनेको यो निश्चय पनि डरलाग्दो अनिष्ठको संकेत हो । यसलाई समयमै निराकरण नगर्ने हो भने संघीयता नै धरापमा पर्न जाने निश्चित छ । स्मरण रहोस् समयले अहिलेसम्म कसैलाई पर्खिएको छैन र पर्खिने पनि छैन ।’

उहाँले समयले कसैलाई पनि नपर्खिने हेक्का राख्दै कानून निर्मामाण तिब्रता दिनुपर्ने बताउनु भयो ।