
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको मुद्दामा पहिलो तारेखका लागि लामिछाने अदालत पुगेका हुन् । लामिछानेको साथमा पत्नी निकिता पनि उपस्थित थिइन् ।
स्वर्णलक्ष्मीको मुद्दामा लामिछानेलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।