१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केआईआईटी प्रकरणमा भारतीय दूतावासले गर्‍यो दुःख व्यक्त



अ+ अ-

काठमाडौँ। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा एक नेपाली विद्यार्थीको दुःखद मृत्यु भएको खबरप्रति काठमाडौंस्थित भारतीय दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै केआईआईटीका अधिकारीहरूका साथै, ओडिशा राज्य सरकारसँग सम्पर्कमा रहेको जनाइएको छ । स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेको दूतावासलाई जानकारी गराइएको छ ।

विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपील पनि गरेको छ । त्यस्तै, विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको जिम्मेवारी लिने आश्वासन दिएको दूतावासले जनाएकाे छ ।

विज्ञप्तिमा केआईआईटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपील गरेको र विद्यार्थीहरूलाई शैक्षिक रुपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको उल्लेख छ ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको दूतावासले उल्लेख गरेको छ। विज्ञप्तिमा भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको पनि जनाइएको छ ।