१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुस्ती टोली भारत प्रस्थान



अ+ अ-

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा हुने आसन्न २० औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी सञ्चालन गरिहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका ६ खेलाडीसहित ८ सदस्यीय नेपाली कुस्ती टोली सोमबार भारतको उत्तरप्रदेशस्थित नन्दनीनगर प्रस्थान गरेको छ ।

तयारीलाई थप प्रभावकारी बनाउन टोली भारत गएको हो । टोलीमा समान ३–३ पुरुष÷महिला खेलाडी र २ प्रशिक्षक छन् । पुरुष खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव रहेका छन् । महिलामा सुशिला चन्द, मनीषा सिंह र हेमा भट्ट छन् । प्रशिक्षकमा कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसी र सहायक प्रशिक्षकमा सञ्जय यादव रहेका छन् ।

टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला र राखेपका सदस्य एवं नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले सोमबारै एक कार्यक्रमबीच त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे ।

भारत बसाइका क्रममा टोलीले १५ दिन प्रशिक्षणका साथै भारतीय खेलाडीसंग मैत्रीपूर्ण खेल पनि खेल्ने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।