१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदद्वारा खोटाङ आगलागी र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद सरस्वती बजिमयले आइतबार भएको खोटाङको आगलागीमा पूजा सामग्री पसल र दोस्रो तल्लामा रहेको एक लघुवित्तको कार्यालयलगायतमा क्षति पुगेकाले पीडितलाई यथाशीघ्र राहत दिन माग गर्नुभयो । आगलागीबाट हुनसक्ने ठूलो क्षतिबाट बचाउन सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले योगदान गरेको पनि उहाँले सुनाउनुभयो । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले ग्यास सिलिन्डर बाहिर फालेका कारण आगो धेरैतिर फैलन नपाएको सांसद बजिमयले बताउनुभयो ।

सांसद रघुजी पन्तले नेपाल दुई सदनात्मक संसदीय प्रणालीको अभ्यास गर्ने मुलुक भएको उल्लेख गर्नुहुँदै एउटा सभाका एक सांसदले बोलेको विषयलाई अर्को सभाले खेद प्रस्ताव पारित गर्ने अभ्यास गलत भएको बताउनुभयो । राष्ट्रियसभा वृद्धाश्रम नभई पाकाहरुको संसद् भएको उल्लेख गर्नुहुँदै प्रतिनिधिसभाका सांसदविरुद्ध खेदप्रस्ताव पारित गरिनु दुःखद् भएको धारणा राख्नुभयो ।

सांसद रामकुमार राईले खोटाङको आगलागीमा रु सात करोडको क्षति भएको, दुई घर जलेर नष्ट भएको सुनाउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधिले मिलेर आगलागी नियन्त्रण गरेको उहाँले जानकारी दिनुभयो । तत्काल आगलागी पीडितलाई क्षतिपूर्ति र राहतको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

सांसद अशोककुमार चौधरीले चार घण्टापछि मात्र खोटाङको आगो निभाउन सकिएकाले सबै जिल्लामा दमकलको व्यवस्था गर्न माग गर्नुभयो । आगो निभाउनका लागि पूर्वतयारी गर्न पनि उहाँले सुझाव दिनुभएको थियो । सांसद वीरेन्द्रप्रसाद महतोले बलात्कारका घटनामा पीडितले आत्महत्या गर्ने अवस्था आउँदा पनि पीडित कानुनी कारबाहीको दायरामा नआउनु दुःखद भएको बताउनुभयो । सांसद सीताकुमारी रानाले दैलेखको पश्चिम क्षेत्रका केही विद्यालयमा तनावसँग सम्बन्धित रोग फैलिएकाले अन्तिम परीक्षा सुरु हुने बेलामा यस्तो रोगको समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद सूर्यबहादुर थापा क्षत्रीले आइतबार संसद्मा प्रश्नोत्तर सकेर प्रधानमन्त्री निस्कँदै गर्दा बाहिर बसेका पत्रकारले तपाईं हिटलरको बाटोमा हिँड्न खोजेको हो भनी सोध्नु जायज नभएको र पत्रकार आचारसंहिता विपरीत भएको बताउनुभयो । संसद्बाट निर्वाचित प्रधानमन्त्री हिटलर हुन नसक्ने उहाँको भनाइ थियो । पत्रकारले आफूलाई पनि हनुमान हो भनी प्रश्न सोध्ने गरेको उहाँको गुनासो थियो ।

सांसद सम्झना थपलियाले सिराहाकी रिङ्कुकुमार सदालाई केही व्यक्तिले सामूहिक बलात्कार गरेपछि सहन नसकी आत्महत्या गर्नुपर्ने अवस्थामा लगेको र प्रहरी मौन रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्ता अपराधमा संलग्न निर्धक्क हिँड्ने वातावरण नबनोस् भन्नेमा पनि उहाँले गृहप्रशासनसमक्ष आग्रह गर्नुभएको थियो ।