काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठ प्रतिनिधिसभा बैठकबाट बाहिरिएकी छन् ।
सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै सांसद श्रेष्ठ बैठकबाट बाहिरिएकी हुन् ।
श्रेष्ठले आकस्मिक समयमा बोल्न सभामुखसँग समय मागेकी थिइन् । प्रतिनिधिसभाको बैठक जारी छ ।










