११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने



अ+ अ-

काठमाडौं। गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उनले उक्त जानकारी दिएका हुन् । ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क गठन गर्छुु । त्यसलाई ७७ जिल्लामै डेस्क बनाउन निर्देश गर्छु’, गृहमन्त्रीले भने ।

जातीय विभेद निर्मूल गर्न सरकार लागिपरेको उनले बताए । ‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुनेगरी राख्नुपर्छ भन्ने मान्छे म हुँ । त्यही अनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेद निर्मूल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु’, गृहमन्त्रीले भने ।