२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन



राष्ट्रियसभा बैठक
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिनुभएको हो ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले शुन्य समय र विशेष समयमा प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाउकोप्रति आपत्ति जनाउनुभएको थियो । सोही विषयलाई लिएर सभाका अध्यक्ष दाहालले विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपो कल्पित झुट र यथार्थ भन्दा बाहिर गइ आफ्ना अभिव्यक्ति दिनुभएको बताउनु भयो । उहाँले सांसद शाहीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै खेद प्रकट गरेको छ ।

उहाँले भन्नुभयो, ‘मान्य सदस्यहरु । आजको बैठकमा शुन्य समय र विशेष समयमा मान्य सदस्यहरुले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा सामाजिक सञ्जाल ज्ञानेन्द्र शाहीको नामको फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सन्दर्भमा विषय उठान गर्नुभएकोमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा सभाले मिति २०८१ साल माघ २८ गते पारित गरेको मिडिया काउन्सिल विधेयक, २०८० मिति २०८१ जेठ १३ गते यस सभामा पेश भइ उक्त विधेयकमाथि सैद्धान्तिक छलफल पश्चात विधेयकउपर २६ जना मान्य सदस्यहरुबाट विभिन्न दफामा ७८ वटा संशोधन प्राप्त भइ उक्त संशोधनमाथि सभाको विधायन व्यवस्थापन समितिमा सरोकारवाला पक्ष, सम्बन्धित मन्त्रालय र संशोधनकर्ता मान्य सदस्यहरुसँग १४ वटा बैठकमा दफावार छलफल गरी प्रतिवेदन तयार पारेको र उक्त समितिको प्रतिवेदनमा उल्लेखित २१ वटा बुँदामा रहेका संशोधनसहित सभाको मिति २०८१ माघ २८ गतेको बैठकबाट उक्त विधेयक पारित भएको अवस्था छ । यसरी पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपो कल्पित झुट र यथार्थ भन्दा बाहिर गइ एक सभाको सदस्यले अर्को सभाको काम कारबाही र सभाका मान्य सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्तै गैरजिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकाले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार संप्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन मान्य सदस्यलाई यो सभा निर्देशन समेत दिन्छ ।’

उहाँले सांसद शाहीले सभाका सदस्यहरुको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत गैरजिम्मेवारपूर्ण ढंग धारणा राख्नुभएको बताउनु भयो ।




भर्खरै