१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘जलनका घटना जहिले पनि हुन सक्छन्, उपचारका लागि सुविधासम्पन्न अस्पताल बनाऔँ’

‘जलनका घटना जहिले पनि हुन सक्छन्, उपचारका लागि सुविधासम्पन्न अस्पताल बनाऔँ’
प्रतिनिधिसभा बैठक
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रकान्त भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद भण्डारीले आफू २ वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जलनमा पर्नुभएकामा दुःख व्यक्त गर्दै उहाँहरुको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

सांसद विन्दाबासिनी कंसाकारले तत्काल जलन विधेयक पारित गरेर जलन उपचार केन्द्र स्थापना गर्न माग गर्नुभयो । “नेपालमा व्यवसायजन्य सुरक्षालाई ध्यान दिइँदैन, जसका कारण उच्चपदस्थ व्यक्तिसमेत दुर्घटनाको सिकार भइरहेका छन्, सुरक्षा नारामै मात्र सीमित हुनु भएन”, उहाँले भन्नुभयो, “जलन जसलाई जहाँ पनि हुनसक्छ, सदनमा मैले दर्ता गराएको जलनसम्बन्धी गैरसकारी विधेयक पारित गरौँ, उपचार केन्द्र स्थापना गरौँ ।”

सांसद शोभा ज्ञवालीले बर्दियाको मधुवन नगरपालिकामा पछिल्लो एक महिनामा चितुवाको आक्रमणबाट दुई जनाको ज्यान गएको जनाउँदै मृतकका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकरको ध्यानाकर्षण गराउनुभयो । “जङ्गली जनावरको आक्रमणबाट सयौँले ज्यान गुमाएका छन्, सयौँ घाइते छन्, हजारौँ भेडाबाख्रासहित पुशचौपाया र खेतीबाली नष्ट भएको छ”, उहाँले भन्नुभयो, “वन्यजन्तु–मानव द्वन्द्व व्यवस्थापनमा उचित ध्यान दिनुपर्छ, तत्काल सो क्षेत्रमा तारजाली र पर्खाल लगाउन सरकारको ध्यानाकर्षण गराउँछु ।”

सांसद अब्दुल खाँनले पछिल्लो समय जङ्गली जनावरले घरखेतमै आएर मानिसलाई आक्रमण गर्ने गरेको जनाउँदै जङ्गली जनावरको आक्रमणबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकरको ध्यानाकर्षण गराउनुभयो । “काँडेतार र पर्खाल लगाएर हुन्छ वा बस्ती नै सारेर हुन्छ, बर्दियाका नागरिकको जीउधनको रक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद अच्युत मैनालीले सुधारगृह यातनागृहका रुपमा परिणत भइरहेको हुँदा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद धवलशम्शेर जबराले नेपालमा धर्म परिर्वतनका लागि अमेरिकाबाट ठूलो रकम खर्च भएको भन्ने सुनिएको जनाउँदै त्यसबारेमा छानबिन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चित्रबहादुर केसीले अमेरिकामा लुकीछिपी बसेका नेपाली नागरिकको मानवअधिकार रक्षामा नेपाल सरकारले तत्काल उचित संवाद गर्नुपर्नेमा जोड दिनुभयो । “अमेरिकामा गैरकानुनी तबरबाट लुकीछिपी बसेका छन्भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछु”, उहाँले भन्नुभयो ।