५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सांसद शाहीलाई सुझावः ‘मुखारबिन्दबाट बोलौँ, थुतुनो कम चलाऔँ’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद नारायणदत्त मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाउनुभएको छ ।

आईतवारको सभाको बैठकमा बोल्दै प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखेको बताउनुभएको हो । उहाँले वृद्धहरु राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा धेरै भएको बताउनु भयो । उहाँले बाँचेको खण्डमा तपाईं पनि वृद्ध हुनुहुन्छ भन्दै मुखारविन्दबाट बोल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म खेद प्रकट गर्दछु । प्रतिनिधि सभामा भन्न नसकेर एक जना सांसदले फेसबुकमा नै ओकलेछन् । राष्ट्रिय सभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र रु वृद्धाश्रममा जानुपर्ने बाजेहरु राष्ट्रिय सभामा भत्ता खान गएकाले मिडिया काउन्सिल विधेयक नपढिकनै पास गरेका छन् भनि तथानाम सरापेका छन् । विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विभिन्न कोणबाट छलफल भएको छ । यहाँ कुरा विधेयकमा ल्याएर तथानाम भनेपनि प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखिएको स्पष्ट हुन्छ । किनभने वृद्धहरु राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा ज्यादा उमेरका छन् । सांसदज्यु बाच्यो भने तपाईंहरु पनि बुढो हुनेकुरा निश्चित छ । बुढो हुनुमा हामीलाई गर्व छ, किनभने हामी बाँचेका छौँ । अनुरोध छ, मुखारबिन्दबाट बोलौँ, थुतुनो कम चलाऔँ । सत्यं ब्रुयात, पियं ब्रुयात न ब्रियात सत्यमा प्रियं ।’

उहाँले वृद्ध हुनुमा आफूहरुलाई गर्व रहेको बताउनु भयो ।