२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सांसद शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेको भन्दै खेद प्रकट



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवारको सभाको बैठकमा बोल्दै उहाँले प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई केही दिनको पाहुना र वृद्धाश्रम भन्नुभएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सांसद शाहीको भनाइप्रति खेद प्रकट गर्दै सभाले पनि खेद प्रश्ताव पारित गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम र दुई दिनको पाहुना भनि राष्ट्रिय सभा विशेष अधिकारको हनन भएको छ । उक्त भनाइप्रति म खेद प्रकट गर्दछु । साथै यो सम्मानित सभाले खेद प्रश्ताव पारित गरियोस् र सरकारको जवाफ माग गर्दछु ।’

उहाँले सरकारसँग यसबारे जवाफ माग समेत गर्नुभयो ।