काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसदहरूले १ मिनेटभित्रमा प्रश्न सकाउनु पर्नेछ ।
आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको ३६ औं बैठकले एक जना सांसदले २ प्रश्न वा एक मिनेटभित्र राख्ने निर्णय भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले बैठकको समयमा सांसदहरूले पूरा समय दिनुपर्ने बताउनुभयो ।
‘बैठकमा माननीयहरूले बोल्ने र हिँड्ने प्रवृत्ति बढेको छ । सांसदहरूले संसद चलेको अवस्थामा पूरा समय दिनुपर्यो । जरुरी बाहेकका काममा संसद चल्न बाहिर समय नदिऔँ ।’ सभामुखले भन्नुभयो ।










