बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमा एक जना प्रहरी नायब निरीक्षक (सइ) मृत भेटिएका छन् ।
भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भई हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका -७ बस्ने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ४९ वर्षीय सइ धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्याङमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत अवस्थामा पेला परेका प्रहरीले जनाएको छ ।
यसबारे मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाईएको सूचना अधिकारी विजय चौहानले जानकारी दिए । यस घटनामा थप अनुसन्धान भईरहेको छ ।










