२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समृद्ध नेपाल निर्माणका लागि स्थायी सरकार’



अ+ अ-

राजविराज। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश विकास र समृद्ध नेपाल निर्माणसहित मुलुकको अर्थतन्त्र सुधारका लागि स्थायी प्रकृतिको सरकार बनाइएको बताएका छन्।

प्रेस चौतारी सप्तरीले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थायी सरकारकै लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताए। यसबाट निजी क्षेत्रलगायत सबै उत्साहित भएको उनको भनाइ थियो।

‘यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ। देशमा देखिएका समस्या समाधान र समृद्ध नेपाल निर्माणका लागि यो सरकार अगाडि बढिरहेको छ। अब दुई छिमेकी मुलुकले गरिरहेको विकासबाट कसरी लभान्वित हुने र आन्तरिक स्रोतको अधिकतम प्रयोगका सवालमा समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ ज्ञवालीले भने।

उनले मुलुकले विकास र समृद्धकै लागि सरकारले अध्यादेश ल्याएकाले ती दुवै सदनबाट पारित हुने विश्वास व्यक्त गरे। सरकारसँग पर्याप्त विकल्प रहेकाले कसैले विरोध गर्दैमा अध्यादेशमा समस्या नहुने उपमहासचिव ज्ञवालीको जिकिर थियो।